Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२२ गते
    ८६ पटक
    नेपालगन्ज ।

    मान सरोवर यात्रामा जाने पर्यटकको मुख्य प्रवेशद्वार बाँके जिल्लामा दुईवटा पाँच तारे होटल थपिएका छन् ।

    तीन साता अघि मात्र पर्यटन विभागबाट होटल सोल्टी वेष्ट एण्ड प्रिमियरले पाँचतारे होटलको मान्यता पाएकोमा कोहलपुरस्थित चार तारे  ‘हाेटल सेन्ट्रल प्लाजा’  समेत पाँच तारे होटलमा स्तरोन्नती भएको छ ।

    पर्यटन विभागले मंगलबार सेन्ट्रल प्लाजालाई पाँच तारे होटलको मान्यता‌सहित प्रमाण पत्र दिएको छ ।

    १६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटल  २०७४ कातिकदेखि बाँके जिल्लाकै पहिलो चारतारे होटलको रुपमा संचालनमा आएको थियो । प्रारम्भिक चरणमा ५५ करोड रुपैयाँको लगानीमा संचालनमा आएको यो होटलमा ३२ वर्गफिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल छ।

    होटलमा स्पा, फिटनेश सेन्टर समेत छ । होटलमा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम छन् ।

    प्रवर्द्धन गर्ने उद्देश्यले होटलको वर्गीकरण सम्बन्धी मापदण्ड परिमार्जन गरेपछि मोफसलमा समेत पाँच तारे होटल संचालनमा ल्याउन सहज भएको हो ।

    राजधानी बाहिरको होटलको लागि पाँचतारेको मान्यताको लागि स्वीमिङ पुल, साउना,स्पा, रेष्टुराँ,बारको साथै स्वीट रुम सहित ८० वटा कोठा लगायतको पूर्वाधार रहनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।पर्यटन व्यवसायमा देवानन्द अर्यालले बाँके जिल्लाका अन्य ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌तारे होटलले क्यासिनो संचालनको लागि लगानी थप्दै गर्दा बर्दियामा सेन्ट्रल प्लाजा जंगल रिर्सोट संचालनमा ल्याउने तयारीमा जुटेका छन् ।

    करिब २६ करोड रुपैयाँको लगानीमा ठाकुरद्वारामा २ बिघा क्षेत्रफलमा १ वर्षभित्र रिसोर्ट संचालनमा ल्याउने योजना सहित निर्माण कार्य शुरु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्