Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२१ गते
    २६२ पटक
    नेपालगन्ज ।

    यातायात व्यवस्था कार्यालय नेपालगन्जमा अख्तियारको टोलीले छापा मारेको छ ।

    मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले छापा मारेर कार्यालयबाट कागजपत्रहरु नियन्त्रणमा लिएको हो ।

    सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको पुष्टी गरे । मंगलबार छापा मारेर कागजपत्र नियन्त्रणमा लिएका छौं उनले भने, भोलीबाट अरु अनुसन्धान सुरु गर्छौं ।

    यातायात कार्यालयमा सवारी चालक अनुमती पत्र लिदा ठूलो चलखेल हुने बताइन्छ ।

    प्रतिकृया दिनुहोस्