Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/२० गते
    १५० पटक
    नेपालगन्ज ।

    दैलेखको टुनिबगर नजिक सवारी दुर्घटनामा परेर एक युवाको मृत्यू भएको छ ।

    नेपालगन्जबाट कालीकोट जाँदै गरेका सुरेन्द्र शाहीको सडक माथिबाट आएको ढुङ्गाले लागेर मृत्यू भएको हो ।

    बास नेपालगन्जका साधारण सदस्य समेत रहेका शाहीको मोटरसाइलमा कालिकोट जाँदै गर्दा सडकभन्दा माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

    आइतबार साझ भएको उक्त घटनामा शाहीले घटनास्थलमा नै मृत्यू भएको बताइएको छ । शाहीले विभिन्न सामाजिक कार्यमा समेत आबद्व हुदै आएको बासका नमस्कार शाहले फेसबुकमा बताएका छन् ।

    प्रतिकृया दिनुहोस्