Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१८ गते
    २२२ पटक
    दाङ ।

    एक समुहको तरवार प्रहार वाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं। ४ रक्षाचौर निवासी २७ बर्षीय गणेश हमाललाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ ।

    बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि घाइते हमाललाई गएराति ११: ४० बजे भारतको लखनउका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको संचार शाखामा कार्यरत हुर्मत बुढाथोकीले जानकारी दिएका छन् ।

    त्यसअघि उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको थियो । तुलसीपुर–सल्यान सडक खण्डमा हमालमाथि ४/५ जनाको समुहले शुक्रवार दिउँसो तरवाल प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।

    सिंह पक्राउ
    ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले हमाललाई तरवाल प्रहार गर्ने तुलसीपुर ७ डाँडापातु निवासी २१ बर्षीय अमर सिंह राठोरलाई घटना भएको केही बेरमै पक्राउ गरिएको बताएका छन् ।

    ‘हतियार प्रहार गरि भाग्दै गरेका सिंह राठोरलाई प्रहरीले लखेटेर तुलसीपुर ७ खर्चवाको जंगलवाट पक्राउ गरेको हो,’ डिएसपी शाहीले भने ‘ घटना लगतै प्रहरी मुभ भयो र भाग्दै गरेका व्यक्तिलाई पक्राउ गर्न सफल भयौं।’

    ट्याक्सी समितिका कर्मचारी समेत रहेका हमालमाथि तुलसीपुर–सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा ४÷५ जनाको संख्यामा रहेका अपरिचित युवाहरुले तरवार र खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको हो ।

    शुक्रवार दिउँसो ३ बजेतिर हमालमाथि प्रहार भएको तथा त्यसमा संलग्त मध्यका सिंह राठोरलाई त्यसको एक घन्टा नवित्दै पक्राउ गर्न सफल भएको डिएसपी शाहीले बताए । घटनामा संलग्न अन्यको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

    तरवार र खुकुरी प्रहार वाट हमालको टाउको,ढाड र खुट्टामा गहिरो घाउ लागेको छ ।

    प्रतिकृया दिनुहोस्