Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१८ गते
    ९४ पटक
    नेपालगन्ज ।

    सुन्दा अचम्म लाग्न सक्छ । बिदेश भ्रमणमा जानका लागि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधीले मरिहत्य गरेका छन् ।

    बिदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने बिषयमा चर्को विवाद भएपछि अन्तत भोटिङ् गरिएको छ ।
    केही महिनाअघि अमेरिका भ्रमण गरेर आएकी उपमेयर उमा थापा मगरले फेरि पनि आफू नै जान पाउनुपर्ने अडान लिएपछि उपमहानगरपालिकामा काँग्रेसबाट सहभागी जनप्रतिनिधीबीच विवाद चर्केको खुलेको छ ।

    उपममहानगरमा आएको स्वीजरल्याण्ड, थाईल्याण्ड र दुवई भ्रमणको कोटाका लागि काँग्रेस निकट जनप्रतिनिधीबीच भोटिङ भएको उपमहानगरापलिका स्रोतले बताएको छ ।

    विवाद चर्केपछि उपमहानगरपालिकाका जनप्रतिनिधीबीच भोटिङ् गरिएको एक जनप्रतिनिधीले बताए । बिशेष गरी काँग्रेसबाट उपमहानगरपालिकामा प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीबीच विवाद चर्केपछि भोटिङ्को अवस्था आएको एक वडाध्यक्ष बताउँछन् ।

    उपमेयर थापाले आफू नै जान पाउँनुपर्ने जिद्धि गरी उपमहानगरपालिका र काँग्रेस पार्टीमा समेत लफडा मच्चाएपछि भोटिङ्को विकल्प देखिएन् । उनले भने ‘काँग्रेस जनप्रतिनिधीबीच नै भोटिङ भयो ।’

    भोटिङ् पछि उपमेयर थापालाई नै चिट्ठा परेको उनी बताउँछन् । उनकाअनुसार पहिला एक पटक अमेरिका गएर आईसकेको कारण उपमेयरले यसरी फेरि जान पाउनुपर्ने भनी अडान लिन नहुने हो ।

    तर, जिद्धि गर्नेसँग कसको के लाग्छ र । उपमहानगरपालिका देखि काँग्रेसका जिल्ला तहका नेतासमेत हारथाक भईसके । उनले भने ‘कसैले एक पटक पनि नपाउने कोही दुई–दुई पटक घुम्न जाने यो राम्रो भएन् । समान सहभागिता र समान अवसर प्रदान हुनसकेन ।’

    भ्रमणका लागि आएको कोटामा यसअघि पनि उपमेयर थापा अमेरिका गएकी थिईन् । अमेरिका गएर स्थानीय तह सञ्चालनका बिषयमा बहस
    गरेपनि नेपाल फर्केपछि त्यहाँ सिकेका कुनैपनि उपलब्धी नेपालगन्जमा लागू हुन सकेका छैनन् । फेरि त्यस्ता मान्छेलाई पठाउँदा के फाईदा होला एक वडाध्यक्षले भने ‘सहभागीताका नाममा सहभागि हुने उनीबाट अरू अपेक्षा गर्न सकिदैन् ।’

    भोटिङ् प्रणालीबाट उपमेयर थापासहित काँग्रेसका तीनजनालाई चिठ्ठा परेको वडा नम्बर ११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले बताए । उनकाअनुसार उपमहानगरपालिकामा १० वटा कोटा आएको थियो । जसमा तीनवटा नेकपा, तीनवटा राप्रपा, एउटा फोरम र तीनवटा काँग्रेसको भागमा परेको थियो ।

    काँग्रेस बाहेकका दलहरूले सहमतिकै आधारमा नामावली दिएपनि उपमेयरको जिद्धिपनका कारण काँग्रेसमा भोटिङ भएको छ ।

    उपमहानगरमा प्रतिनिधीत्व गर्ने काँग्रेसका प्रतिनिधी र सिंगो बाँके काँग्रेसमा अहिले यस बिषयमा व्यापक असन्तुष्टि देखिएको काँग्रेस बाँकेको शीर्ष नेतृत्व बताउँछ । भोटिङपछि काँग्रेसका तर्फबाट उपमेयर थापासहित वडाध्यक्षहरू विन्दुभुषण बस्नेत र बिद्याराम कुर्मी छनोटमा परेका छन् ।

    उपमहानगरमा व्यापक विवाद भएपछि भोटिङ गरिएको स्वीकार्दै काँग्रेस भित्रकै आन्तरिक विवाद भएकोले सबै कुरा बाहिर भन्न नमिल्ने काँग्रेस नेता तथा वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।

    उनकाअनुसार उपमेयरको आफै जानुपर्ने ढिपीपछि भोटिङ् भएको हो । उनले भने–‘यो हाम्रो आन्तरिक कुरा हो बाहिर ल्याउन जरूरी छैन । त्यसैले म यो भन्दा बढी केही बोल्दैन् ।’

    उपमहागरपालिकामा बिदेश जानका लागि आएको कोटामा काँग्रेसका जनप्रतिनिधीबीच सहमति हुन नसक्दा भोटिङ् भएको खबर आफूले पनि सुनेको नेपाली काँग्रेसका बाँके सचिव तप्त पौडेलले बताएका छन् ।

    उनले बिदेश जानकै लागि यसरी विवाद गरी भोटिङ नै गर्न पर्ने अवस्था आउनुले पाटीलाई गम्भीर बनाएको बताए ।

    #आजको सद्भाव दैनिकबाट साभार ।

    प्रतिकृया दिनुहोस्