Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१८ गते
    १६२ पटक
    नेपालगन्ज ।

    बाँकेमा भएका फरक फरक दुर्घटनामा परेर दुई जनाको मृत्यू भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी गाउँपालिकामा भएका फरक फरक सवारी दुर्घटनामा परी बिहीबार राती दुई जनाको मृत्यू भएको हो ।

    कोहलपुर ढकेरी सडक खण्डको सुन्दर सात किलोमिटर नजिक ट्रक अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकको मृत्यू भएको छ भने सहयोगी घाइते भएका छन् ।

    दाङबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४१८४ नम्बरको ट्रक दुर्घटना हुँदा चालक प्रेम बहादुर चौधरीको मृत्यू भएको छ भने सहयोगी बबि चौधरी घाइते भएका हुन् ।

    त्यसैगरी बिहीबार राती नै राप्तीसोनारी गाउँपालिका ६ मा ट्रयाक्टरले च्याप्दा सोही ठाउँका पुस्पलाल थारुको ज्यान गएको छ ।

    ढलैयामा ट्रयाक्टरले च्याप्दा गम्भिर घाइते भएका थारुको उपचारका क्रममा शुक्रबार बिहान मेडिकल कलेज नेपालगन्जमा मृत्यू भएको प्रहरीले जनाएको छ । थारुलाई किच्ने भे १ त ४९८६ नम्बरको ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्