Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१६ गते
    १८२ पटक
    कोहलपुर ।

    बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा डेनियल कटेज एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।

    कटेजको बुधबार एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेल(आइपी)ले उद्घाटन गरेका थिए । उनले जिल्लाको प्रमुख पर्यटकिय स्थान रहेको गाभरमा सुविधासम्पन्न होटेलहरु खोल्नु एकदमै राम्रो कार्य भएको बताए ।

    अझै गाभरमा पर्यटकिय गतिविधी बढाउनको लागि आफुले सक्दो सहयोग गर्नै प्रदेश सांसद खरेलले प्रतिबद्वता जनाए ।

    डेनियल कटेज एण्ड रेष्टुरेण्टका सञ्चालनका गगन थारुका अनुसार पुर्ण रुपमा सञ्चालनमा आउँदासम्म ७० लाख भन्दा बढी रुपैया लाग्ने जानकारी दिए । अहिले कटेजमा पाँच वटा एसीसहितका कोठा, भ्यू टावर लगायतका सुविधा रहको उनले बताए ।

    बिशेष थारु परिवार, लोकल कुखुराको स्वाद लगायतका खानेकुरा पाइने सञ्चालक थारुले जानकारी दिए । कटेजमा एक सय जना अटाउने हल समेत निर्माण भइरहेको बताइएको छ ।

    कटेज डाँडोमा रहेका सुन्दर गाभर भ्यालीको सहजै अवलोकन गर्न पाइने छ, सञ्चालक थारुले भने, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनगर गरेर कटेज खोलेका हौं । कटेज उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधी, व्यवसायी, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्