Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१४ गते
    २२७ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको ‘होटल सेन्ट्रल प्लाजा’ले पाँच तारे होटलको मान्यता पाएको छ ।

    कोहलपुर नगरपालिका ४ किरणनाला सञ्चालन भइरहेको होटलले मंगलबार पर्यटन विभागबाट पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो ।

    सरकारले काठमाडौँ बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि पूर्वाधार केही विस्तार गर्दै होटलले पाँचतारेका लागि आवेदन दिएको थियो ।

    विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देवानन्द अर्यालले जानकारी दिए ।

    तीनवटा भवनहरु रहेका पाँच तारे होटल सेन्ट्रल प्लाजामा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम छन् ।

    अहिलेसम्म होटलमा ६० करोड भन्दा बढी लगानी भइसकेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्