Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/१३ गते
    ४६ पटक

    लस एन्जलस – दुर्गम भारतको महिनावरी सम्बन्धी कथा बोकेको छोटो चलचित्रल ‘पिरियड : एन्ड अफ सेन्टेस’ले सिने क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ओस्कार पुरस्कार प्राप्त गरेको छ।

    ९१ ‍‍औं एकेडेमी अवार्डमा ‘डकुमेन्ट्री सर्ट सब्जेक्ट’ क्याटोगरी अन्तर्गत सो पुरस्कार हात पारेको हो।

    उक्त फिल्म रायका जेहताबचीले निर्देशन गरेका हुन् भने शिक्षा इन्टरटेन्मेन्टका गुनिट मोंगाले निर्माण गरेका हुन्। यो फिल्म लस एन्जलसको द ओकवार्ड स्कुलको प्याड प्रोजेक्ट अन्तर्गत बनाइएको थियो।

    दिल्लीको हापुर गाउँमा खिचिएको यो फिल्ममा महिलाले महिनावरी सम्बन्धी गरिने भेदभाव विरुद्धको आवाज उठाएका छ।

    हेरौं फिल्मको ट्रेलर :

    प्रतिकृया दिनुहोस्