Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/११/८ गते
    ७८ पटक
    डोल्पा ।

    डोल्पाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    काइके गाँउपालिका–२ की ४० बर्षिय शान्ती बुढाको साल अड्कीएपछि मंगलबार उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपूर मेडिकल कलेजमा लगिएको हो ।

    शहरताराको प्रसुतिगृहमा सुत्केरी भएकी बुढाको छोरा जन्मीएको तर १२ घण्टासम्म पनि साल नझरेर रगत बगेपछि उनलाई जिल्ला अस्पतालले रेफर गरेको थियो । उनको रगत धेरै बगिसकेकोले डोल्पामा उपचार गर्न असम्भव भएकोले कोहलपुर रेफर गरिएको हो ।

    जिल्लामा ब्लड बैंक नभएकै कारण सुत्केरी बुढाको ज्यान जोगाउन ठूलो अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल डोल्पाका प्रमुख चिकित्सक सिजन रावलले जानकारी दिए । घर नजिकैकको बर्थिङ्ग सेन्टरमा बच्चा जन्मिएपनि साल ननिस्कदाँ आत्तिएर हेलिकप्टर माग गरेर कोहलपुर पु¥याइएको पति तेजेन्द्र बुढाले बताए ।

    ‘अरु कुनै उपाय नभएपछि मन्त्रीलाई फोन गरँे, रकम के कति लाग्ने हो थाहा छैन, तर पत्नीको ज्यान जोगिए मलाई ठूलो कुरा हुनेछ’ उनले भने ।

    जिल्ला अस्पतालमा ब्लड बैंकको सुविधा नहुँदा सुत्केरी महिला लगायत रगत धेरै चढाउनुपर्ने बिरामीहरुलाई शहरतिरै रेफर गराउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्