Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१०/२७ गते
    १८२ पटक
    नेपालगन्ज ।

    उच्च सुरक्षाका साथ साझको ४ः४५ बजे बाँकेको खजुरा महोत्सवमा झुल्केका नायक अनमोल केसीलाई देख्दा दर्शकको तालीको सिमा नै थिएन । महोत्सवस्थल गुञ्जमान भयो ।

    स्टेज चढे सगै क्याप्टेन चलचित्रमा उनले अभिनय गरेको गित ‘रहर छ सँगै’ बोलको गीतमा नाचे । उनको डान्समा खजुरा समेत झुमेको भान हुन्थो । केहि फिल्मका डाइलग सुनाए लगतै यतियति पानी गंगाइरानी बोलको गीतमा पनि नायक केसीले नृत्य गरेका थिए ।

    नृत्य सगै उनले स्टेजबाटै दर्शकसँग सेल्फी पनि खिचे ।

    उनले दर्शकसँग कुरागर्दै अहिले सम्मकै अत्यधिक माया बाँकेको खजुरामा पाएको बताए । झण्डै २४ हजार दर्शकहरुको भिडमा अनमोलले क्याप्टेन चलचित्रको प्रचारको लागि पुनः नेपालगन्ज आउने प्रतिवद्धता जनाए । ‘म नेपालगन्ज आउँछु,’ उनले भने, ‘सँगै बसेर फिल्म् हेर्नुपर्छ है ।’

    अनमोल सगै गायिका तृप्ती खड्का, भुमिका शाह, मोडल रुविना अधिकारी लगाएतले प्रस्तुति राखेका थिए ।

    प्रतिकृया दिनुहोस्