आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/१६ गते
    ४४७ पटक
    काठमाडौं ।

    सरकारले विभिन्न वस्तुमा वर्षेनी दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत् सरकारले भ्याट फिर्तामा देखिएको विकृति अन्त्य गरेको हो ।

    अर्थ मन्त्रालयका अनुसार हाल विक्रीका आधारमा भ्याट फिर्ता दिने व्यवस्थालाई बजेटको यो व्यवस्थाले खारेज गरेको हो ।

    हाल सरकारले मोबाइल फोन आयातमा लाग्दै आएको भ्याटको ४० प्रतिशत रकम आयातकर्ता कम्पनीलाई फिर्ता दिँदै आएको थियो । भ्याट फिर्ताबापत रकम प्राप्त नहुने भएपछि फोनको मूल्य बढ्ने छ ।

    उदाहरणका लागि अहिले ३५ हजार रुपैयाँ पर्ने फोन आयात गर्दा आयतकर्ताले सोबापत हुन आउने ४ हजार ५ सय ५० रुपैयाँको ४० प्रतिशत अर्थात् १८२० रुपैयाँ भ्याट फिर्ता पाउने गरेका थिए ।

    सो रकम आयातकर्ताले फोनको मूल्यमा घटाएर उपभोक्तालाई बेच्नुपर्ने थियो । तर आयातकर्ताले त्यसको दुरुपयोग गरेको पाइएपछि सरकारले नयाँ बजेटमार्फत् भ्याट फिर्ता नीति बन्द गरेको हो । अर्थात् अब ३५ हजारको फोन किन्दा झण्डै दुई हजार रुपैयाँ ग्राहकले थप मूल्य तिर्नुपर्ने छ ।

    मोबाइल चोरी पैठारी रोक्न र औपचारिक माध्यमबाट आयात बढाउन सरकारले ७ वर्ष पहिले मोबाइल फोनको आयातमा भ्याट फिर्ताको नीति ल्याएको थियो । जसबापत सरकारले झण्डै वार्षिक अर्बको हाराहारीमा व्यापारीलाई भ्याट फिर्ता गर्ने गरेको थियो ।

    www.onlinekhabar.com

    प्रतिकृया दिनुहोस्