Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१०/२३ गते
    १०१ पटक
    काठमाडौं ।

    ‘पुरानो बुलेट’ आगामी चैत्र १ बाट प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले मंगलबार यसको केही पोष्टर फस्टलुकको रुपमा सार्वजनिक गर्दै अफिसियल प्रचार सुरु गरेको छ ।

    पत्रकार भीषण राईको डेब्यू निर्देशन रहेको फिल्मका पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुले प्रथामिकता पाएका छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् ।

    पछिल्लो समय फरक फरक भुमिकामा देखिदै आएका अनुपले ‘पुरानो बुलेट’ आफुले अहिलेसम्मकै फरक भुमिका निर्बाह गरेको बताए ।

    ‘पुरानो बुलेट’ले आफ्नो पहिलो प्रदर्शन हङकङबाट गर्दैछ । फिल्म फेब्रुअरी २३ मा हङकङबाट प्रिमिएर हुने निर्माण युनिटले जनाएका छन् ।

    फिल्ममा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायतको अभिनय देख्न सकिन्छ ।

    फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

    ‘पुरानो बुलेट’मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ ।

    प्रतिकृया दिनुहोस्