Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१०/१९ गते
    ३५७ पटक
    नेपालगन्ज ।

    बाँकेको कोहलपुरमा जारी पाँचौ कोहलपुर औद्योगिक व्यापार कृषि फुडफेष्टिभल तथा पर्यटन महोत्सव २०७५ मा शुक्रबार राती झडप भएको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार महोत्सव भित्र सञ्चालन गरिएको फुडफेष्टिभलमा खटिएका सुरक्षा गार्ड यन बहादुर बोगटीमाथी कुटपिट भएपछि दुई समुहबिच झडप भएको हो ।

    मदिरा सेवन गरेका युवाहरुको समुहले आफुमाथी हातपात गरेको सुरक्षा गार्ड बोगटीले जानकारी दिए ।

    बोगटीलाई कुटपिट गर्ने तथा महोत्सवमा आपत्तिजनक हर्कत गर्ने १२ जना युवाहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसैबिच बा. १६ च ९६९७ नम्बरको गाडीमाथी तोडफोड गरिएको छ ।

    महोत्सवको पार्किङमा राखिएको गाडीको सिसा तोडफोड गरिएको हो । तोडफोड गरिएको गाडी ‘गोरे’ नामबाट परिचित सन्तोष बुढाथोकीको भएको खुल्न आएको छ ।

    गोरे युवा संघका केन्द्रिय सदस्य समेत हुन् । प्रहरीले गाडी तोडफोडमा संलग्न ब्यक्तिहरुको खोजी तिब्र पारेको जनाएको छ । महोत्सभित्र संचालन गरिएको फुडफेष्टिभलमा हरेक दिन बेलुका ६ देखि १० बजेसम्म मधिरा सहितको दाहोरी साँझ कार्यक्रम संचालन हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्