Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/१०/११ गते
    २४६ पटक
    काठमाडौं ।

    सुपुष्पा भट्ट फिल्म ‘रणवीर’ की हिरोइन् हुन् । उनको यो अभिनयमा डेब्यू फिल्म हो । आगामी १८ गतेबाट प्रदर्शनमा आउने यो फिल्मबाट उनले कलाकारितामा भाग्य परिक्षा गर्न लागेकी हुन् । चार्टर एकाउन्टकी विद्यार्थी उनी अभिनय सानैदेखिको रुचिको विषय भएकोले कलाकारिता रोजेको उनी बताउछिन् ।

    ‘रणवीर’ प्रदर्शनमा आउन बाँकी फिल्म हो । तर यसको प्रचारका लागि सार्वजनिक गरिएको गीत र ट्रेलरले अहिले उनको चर्चा चुलिएको छ ।

    म्युजिक भिडियो, विज्ञापन तथा केही फिल्मका अफर समेत हात लागेका छन् । तर पहिलो फिल्मको रिजल्ट नहेरी अन्य काममा हात हाल्न नरुचाउने भट्टलाई यस्तो छ रातोपाटीको १० प्रश्न ।

    डेब्यु फिल्म प्रदर्शनमा आउँदैछ । कस्तो लागि रहेको छ ?
    – एकदमै रमाइलो फिल गरिरहेकी छु । एक्साइटेट पनि छु । राम्रा व्यक्तिहरुसँग पहिलो फिल्म खेल्न पाए । खुसी लागेको छ । अभिनयमा आउने मेरो सानैदेखिको रुचि थियो । त्यो बिस्तारै पुरा हुँदैन ।

    अध्ययन चार्टर एकाउन्ट, रुचि अभिनय यी दुबैमा मेल भएजस्तो लाग्दैन ?
    – फरक त छ । तर अभिनय मेरो रुचिको विषय हो । चार्टर एकाउन्ट अध्ययन गरेपनि अभिनयमा म नियमित रहिरहन्छु । अहिले चाहिँ अचानक आएकी हुँ । केही सिकेर आउँछु भन्ने थियो । तर राम्रो युनिटको राम्रो प्रोजेट देखेर मिस गर्न मन लागेन । अबका दिनमा केही सिकेर गर्नेछु ।

    सौन्दर्यतिर कति ध्यान दिनुहुन्छ ? 
    – सौन्दर्यतिर त ध्यान दिनै पर्यो नि । अनुहारमा जे पायो त्यही लगाउँदिन । विभिन्न सौदर्यको साधन प्रयोग गर्दैमा सौन्दर्यमा निखार आउँछ भन्ने होइन । यसका लागि आहार पनि राम्रो हुनु जरुरी छ ।

    फेसनको फलो गर्नुहुन्छ ?
    – फेसनका बारेमा जानकारी राख्नु नराम्रो होइन । त्यसैले बजारमा के आएका छन् । के पुरानो भयो । के भित्रिदै छ । सबैको जानकारी राख्ने गरेको छु । तर, आफूलाई लगाउन भने सिम्पल पहिरन नै मनपर्छ । म राम्री, वान पिसमा देखिन्छु ।

    फुर्सदको समय ?
    – घुम्न, गीत गाउन, अध्ययन गर्न मनपर्छ ।

    सपना ?
    –निरन्तर चलचित्र अभिनय गर्ने, सबैले चिन्ने लोकप्रिय अभिनेत्री बन्ने सानैदेखिको सपना हो ।

    मनपर्ने केटा ?
    – सबैलाई अदर र सम्मान गर्ने, हेर्दा पनि राम्रो, मिलनसार, सहयोगी भावना भएको केटा मनपर्छ ।

    ड्रिम ब्वाई भेट्नु भयो ?
    – छैन । खोजिमै छु ।

    मनपर्ने सवारी साधन ?
    – मोटरसाइकल मनपर्छ । तर चलाउन आउँदैन । सिक्ने रहर छ ।

    मनपर्ने हिरो ?
    – सुशील सिटौला । उहाँसँग ‘रणवीर’मा स्क्रिन शेयर गरेकी छु । दर्शकको प्रतिक्रियाको पर्खाइमा छु ।

    #रातोपाटीबाट ।

    प्रतिकृया दिनुहोस्