Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/३० गते
    ३०० पटक
    कृष्ण ओली । कोहलपुर ।

    कोहलपुरको नयाँ बसपार्क नजिक घाँटी रेटेर हत्या गरिएका युवकको हत्यारासम्म पुग्न प्रहरीले कल डिटेल केलाइरहेको छ ।

    नयाँ बसपार्क नजिक शनिबार बिहान सिम्ता गाउँपालिका ४ सुर्खेतका २१ बर्षिय दिपक सिंह ठकुरीको हत्या गरिएको अवस्थामा शवं फेला परेका
    थियो ।

    घटनाको जानकारी पाएलगत्तै अनुसन्धानलाई तिव्र बनाएको कोहलपुर प्रहरीले हत्यारासम्म पुग्नको लागि कल डिटेललाई आधार बनाइरहेको छ । युवकको हत्यामा सग्लनहरु सम्म पुग्न मोबाइल कल डिटेललाई मुख्य आधार बनाएका छौं, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिंहले भने,– सोही आधारमा केहीलाई नियन्त्रणमा लिन समेत सफल भएका छौं ।

    प्रारम्भिक अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका व्यक्तिबाट मुख्य अभियुक्तसम्म पुग्न सहयोग पुग्नसक्ने उनले बताए ।

    ठकुरीको हत्या गरिएको स्थानमा कोहलपुरमा नै रहेको प्रहरीको कुकुर शाखाबाट तालिमप्राप्त कुकुर लिएर अनुसन्धान गरिएको थियो । अनुसन्धानमा केही सहयोग पुग्छकी भनेर घटनाको जानकारी लगत्तै तालिमप्राप्त कुुकुरको प्रयोग गरिएको हो ।

    प्रहरी उच्च स्रोतले भन्यो,– तर कुकुर प्रयोगबाट समेत ठोस प्रमाण र सूचना केही जुट्न सकेन । त्यसकारण अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरुले हत्यारासम्म पुग्ने बाटो मोवाइलको कल डिटेललाई नै लिएका छन् । ठकुरीको हत्या अनुसन्धानमा खटिएका एक प्रहरीले भने, कल डिटेलको आधारमा नै दोषि नजिक पुग्न खोजिरहेका छौं ।

    प्रहरीले अहिले मृतक ठकुरीको मोबाइल नम्बरलाई मुख्य आधार मानेर सुक्ष्म रुपमा कल डिटेल केलाइराखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले घटनाको अनुसन्धान तिव्र पारिएको बताए । हत्याबारे हामिले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं, केही सफलता समेत मिलेको छ ।

    कल डिटेलको आधारमा हत्यामा संग्लन गरेको आरोपमा केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं, उनले भने,– केही दिनमा नै घटनाबारे सबै जानकारी दिन्छौं ।

    नेपालगन्जमा रहेको नेपाल प्रहरीको तालिम केन्द्रमा खुलेको जवान पदमा भर्ना हुन आएका ठकुरी कोहलपुरमा आफन्तको घरमा बसेको बेला हत्या भएको थियो । उनले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार समेत बुझाएको पारिवारिक स्रोतले जनाएको छ । अहिले त्यही सुचनाका आधारमा प्रहरीले मुख्यत तेही पैसा लिने अज्ञात व्यक्तितर्फ अनुसन्धान केन्द्रित गरेको छ ।

    कल डिटेलका आधारमा पैसा लिने व्यक्तिको पहिचान भइसकेको छ, एसपी पौडेलले भने,– अहिले अनुसन्धानको क्रममा सबै कुरा खोल्न मिल्दैन ।

    सोही व्यक्ति पक्राउ गरेपछि हत्याको मुख्य कारण खुल्नसक्ने अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् । अगाडिबाट आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा ठकुरीलाई देखे पछि स्थानीयले शनिबार बिहान ८ बजे कोहलपुर प्रहरीलाई खबर गरेका थिए ।

    शुक्रबार साँझ आफन्तको घरबाट निस्किएका ठकुरीको हत्या बसपार्क नजिकै नै भएको निष्कर्षमा प्रहरी पुगेपनी हत्या कतीबेला गरिएको हो भन्नेमा भने प्रहरी पुग्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्