Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२९ गते
    ३२ पटक
    काठमाडौं ।

    जिल्ला अदालत ललितपुरबाट ठगी अभियोगमा सजाय पाएका गीतकार योगेन्द्रमणि दाहाललाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध शाखा, टेकुका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहका अनुसार जिल्ला अदालत ललितपुरबाट सजाय पाएर फरार सूचीमा रहेका ५२ वर्षीय दाहाललाई पुस २७ गत बालुवाटारबाट पक्राउ गरिएको हो ।

    ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको नेपाल विटुमिन तथा व्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठले दाहालविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्धा दिएका थिए ।

    दाहालले नेपाल विटुमिन तथाव्यारेलउद्योग लिमिटेडमा १२ करोड ३५ लाख ९६ हजार ५ सय ४ रुपियाँ ५४ पैसा ठगी गरेको पुष्टि भएपछि जिल्ला अदालत ललितपुरले जरिवाना र कैद सजाय तोकेको थियो ।

    जिल्ला अदालत ललितपुरले ०७४ मंसिर १४ गते फैसला गर्दै दाहाललाई विगो बराबरको जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि गीतकार दाहाल फरार थिए ।

    भक्तपुर जिल्लाको ठिमी नगरपालिका वडा नं. १७ कौशलटारमा स्थायी घर भै हाल काठमाडौं महानगरपालिकाको वडा नं. ४ बालुवाटारमा दाहाल बस्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्