Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२९ गते
    १७ पटक
    काठमाडौं ।

    पूर्वको इलाममा १६ औं पटकको अनसन बसिरहेका चिकित्सा शिक्षाका अभियान्ता डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ । अनसनको पाँचौ दिन आइतबार डा. केसीको दायाँ फोक्सोमा समस्या देखिएको हो ।

    डा. केसीको दाहिने फोक्सो राम्रोसँग खुल्न छाडेको उनको उपचारमा संलग्न चिकित्सक डा. रामकृष्ण आचार्यले जानकारी दिए । योसँगै उनलाई पिसाबमा पनि समस्या देखिन थालेको छ ।

    डा. केसीलाई जुनसुकै बेला अस्पताल लानुपर्ने हुनसक्ने आचार्यले जानकारी दिए । पानीको मात्रा कम हुँदै गएकाले पिसाबमा समस्या देखिन थालेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्