Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२७ गते
    १२१ पटक
    कोहलपुर ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा शनिबारदेखि माघि महोत्सव सुरु हुने भएको छ । स्थानीय कला संस्कृती जगर्ना गर्ने उद्वेश्यका साथ यसपटक पनी थारु गोचाली समाज नेपालको आयोजनामा महोत्सव हुन गइरहेको हो ।

    समाजका संस्थापक अध्यक्ष तथा वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुका अनुसार आजबाट सुरु हुने माघि महोत्सव सोमबारसम्म चल्नेछ ।

    उनका अनुसार सिद्वेश्वर सामुदायिक वन उपभोक्ता समुहको प्राङ्गणमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

    महोत्सवमा थारु समुदायका विभिन्न परिकारका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । उद्घाटन पुर्व विभिन्न स्थानीय कला संस्कृती झल्किने झाँकि निकालिने वडा अध्यक्ष थारुले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्