Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२७ गते
    ११३ पटक
    नेपालगन्ज ।

    नेपालगन्ज बसपार्कबाट चोरी भएको बस बर्दियाको बासगढीमा फेला परेको छ । बिहीबार राती ८ बजेतिर बसपार्कमा पार्किङ गरिराखेको भे २ ख २७६७ नम्बरको बस चोरी भएको थियो ।

    चोरी भएको भनिएको बस बर्दियाको बासगढी बजारमा फेला परेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । नेपालगन्जबाट ८ बजे चोरी भएको भनिएको बस राती ११ बजे बासगढी बजारमा पुगेको भेटिएको उनले बताए ।

    इलाका प्रहरी कार्यालय बासगढीदेखि १ सय ५० मिटर पश्चिम तर्फ बेबासिसे अवस्था बस फेला परेको हो । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ । चोरी भएको भनिएको बस नेपालगन्ज जुम्ला चल्ने गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्