Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२७ गते
    १५३ पटक
    कोहलपुर ।

    नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुर चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ युवक गम्भिर घाइते भएका छन् ।

    कोहलपुरबाट नेपालगन्जतर्फ गइरहेको भे ८ प ७२२२ नम्बरको मोटरसाइकल १ घण्टा अगाडि दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    गम्भिर घाइते हुनेहरुमा मोटरसाइकल चालक भेरी गंगा नगरपालिका ३ जाजरकोटका सुभाष डाँगी पछाडी बस्ने सोही ठेगानाका सुमित शाही रहेको प्रहरीले जनाएको छ । शाहीको अवस्था भने चिन्ताजनक नै रहेको छ । उनीहरुले अहिले नर्सिङ होेम नेपालगन्जमा उपचार भइरहेको छ ।

    नेपालगन्जतर्फ नै गइरहेको ना ३ ख ३७०१ नम्बरको ट्रक सोही दिशामा नै रहेको एक उद्योग तर्फ छिर्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

    प्रतिकृया दिनुहोस्