Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    १२१ पटक
    नेपालगन्ज ।

    बिहीबारबाट नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को सुरु भएको छ ।

    एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृष्ण मन्दिर नजिकैको महोत्सवको कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले उद्घाटन गरिन् ।

    महोत्सव उद्घाटन अघि धम्बोझी चोकबाट ¥याली समेत निकालिएको थियो । १ सय ५० भन्दा बढी स्टल रहेको महोत्सव आगामी माघ ८ गतेसम्म चल्नेछ ।

    महोत्सव प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीका अनुसार महोत्सवमा शुक्रवार चन्द्र शर्मा, सम्झना लामिछानेले प्रस्तुती दिनेछन् । शुक्रबारबाट नै महोत्सवमा खुल्ला नृत्य तर्फ सहभागी ६० जना भन्दा वढीको अडिसन शुरु गरिदैँ छ ।

    नृत्य तर्फ प्रथम हुनेले नगद पचास हजार सहित म्युजिक भिडियोमा समेत अवसर दिईने छ भने दोस्रोले ३० तेस्रो २० हजार पुस्कार पाउने छन् । महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ ।

    महोत्सवबारे नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्नो असहमती कायमै राखेको समेत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्