Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    ४१ पटक
    नेपालगन्ज ।

    सुचना र प्रविधिको माध्यमबाट अपराध अनुसन्धानमा सहयोग पु¥याउने उद्वेश्यले सञ्चालन गरिएको आइ.सि.टी. तालिम बिहीबार सम्पन्न भएको छ ।

    कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ बाँके शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा प्रहरीहरुलाई एक हप्ते तालिम दिइएको थियो ।

    एक हप्ते आइ.सि.टी. तालिममा जिल्लाका प्रहरी कार्यालय बाँके मातहतका १५ जना प्रहरीलाई अपराध अनुसन्धानमा सुचना प्रविधिको प्रयोग सम्बन्धमा तालिम दिइएकाक्यान महासंघ बाँके शाखाका अध्यक्ष भोजराज तिमिल्सिनाले जानकारी दिए ।

    तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले सुचना र प्रविधीको युगमा क्यान महासंघ बाँके शाखाले गरेका विभिन्न कार्यहरुको प्रशसा गरे ।

    सुचना र प्रविधीलाई प्रयोग गरेर अपराध अनुसन्धानमा गरे छिट्टै नै रिजल्ट निकाल्न सकिने उनको भनाई रहेको थियो । आइ.सि.टी. जस्ता तालिमहरुले प्रहरीलाई अपराध अनुसन्धानमा पक्कै सहयोग पु¥याउने छ, एसपी पौडेलले भने,– आगामी दिनहरुमा समेत सुचना र प्रविधिका बिषयमा क्यान महासंघ बाँकेसँग प्रहरीले सहकार्य गरेर काम गर्नेछ ।

    एक हप्ताको आइ.सि.टी. तालिमको क्रममा ६ दिन कार्यालयमा उपयोगी हुने कम्प्युटर तालिम दिइएको थियो भने एक दिन प्रहरीहरुलाई सी.सी.टि.भी सर्विलांस सम्बन्धि तालिम दिइएको थियो ।

    क्यान बाँकेका अध्यक्ष तिमिल्सिनाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताए । तालिममा सिकेका कुराहरु कार्यक्षेत्रमा लागु गरे केही भएपनी अपराध अनुसन्धानमा सहज हुने उनले विश्वास गरे ।

    आगामी दिनमा समेत आफुहरु सुचना र प्रविधी सम्बन्धी कुराहरु प्रदान गर्न तयार छौं, अध्यक्ष तिमिल्सिनाले भने । समापन कार्यक्रममा क्यान महासंघ प्रदेश नम्बर ५ प्रमुख धुर्ब राज शर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष संञ्जय थापा लगायतले बोलेका थिए ।

    क्यान महासंघ बाँके शाखाका कोषाध्यक्ष उपमा रेग्मीले स्वागत गरेको कार्यक्रम संचालन सचिब शिशिर नारायण श्रेष्ठले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्