Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    ६५ पटक
    काठमाडौं ।

    सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुको मर्यादाक्रम तोकेको छ ।

    मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले मर्यादाक्रमको टुंगो लगाएको छ । यसअघि मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएको अवस्थामा सरकारले सो गुनासोको सम्बोधन स्वरुप नयाँ मर्यादाक्रम तय गरेको छ ।

    जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रदानमन्त्री रहनेछन् । यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् ।

    यस्तै प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीको समान सातौ मर्यादा रहनेछ ।

    मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपपतांकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहनेछन् ।
    मर्यादाक्रम सूची

     

    प्रतिकृया दिनुहोस्