Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    ५५ पटक
    एजेन्सी ।

    यमन : भूमिगत हतियारधारी समूह हाउठीको ड्रोन आक्रमणबाट यमनका पाँचजना सैनिक अधिकारीको ज्यान गएको छ ।

    हमलामा यमनका सैनिक प्रमुख अब्दुल अल नाखी सहित केही उच्च अधिकारी घाइते भएको हाउठीका प्रवक्ता अब्दुल गुद्धोस अल सहरीले जानकारी दिएका छन् ।

    सरकारी अधिकारी र हाउठीका प्रवक्ताले जनाए अनुसार बुधबार हाउठी समूहले यमनको लहिज प्रान्तस्थित ड्रोन हमला गरेको हो । केही वर्षयता यमन र आसपासका क्षेत्रमा सक्रिय हाउठी समूह मुस्लिम अतिवादी भूमिगत समूह हो ।

    अन्तर्राष्ट्रिय मिडियाले जनाए यहाँ सैनिक परेड चलिरहेकै सोही समूहलाई लक्षित गरी हाउठीले ७० देखि १ सय किलोग्रामको ड्रोन आक्रमण गरेको हो ।

    प्रतिकृया दिनुहोस्