Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२५ गते
    ८८ पटक
    काठमाडौं ।

    बैंकको एटीएम मेसिन फुटाएर पैसा चोरी गर्न खोजेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    गत पुस १८ गते साती पौने ९ बजे भक्तपुर सुर्यबिनायक नपा ७ मा रहेको सानिमा बैकंको एटीएम मेसिन फुटाएर चोरी गर्न खोजेको अभियोगमा प्रहरीले काभ्रे तेमाल–२ सर्स्युखर्कका रमेश पाण्डे र भक्तपुर सूर्यबिनायकका दिनेश सुकुभुटु पक्राउ गरेका हुन् ।

    बैकंले दिएको निबेदनको आधारमा सोमबार महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सुर्यबिनायकबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्