Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२५ गते
    ७६ पटक
    काठमाडौँ ।

    आज बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

    हिजो प्रतितोला ५९ हजार ९ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज २ सय रुपैयाले बढेर ६० हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । हिजो प्रतितोला ७ सय ५५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ५ रुपैयाले बढेर ७ सय ६० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्