Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२३ गते
    १४७ पटक
    कोहलपुर ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले १ मिलियन अमेरीकी डलर सहित एक जनालाई पक्राउ गरेको छ । १ मिलियन अमेरीकी डलरको नोट देखाएर ठगी गर्दै आएका चक्र बुढालाई कोहलपुरबाट सोमबार प्रहरीले पक्राउ परेको हो ।

    शिवालय गाँउपालिका वडा नं. ६ जाजरकोट स्थायी घर भएका बुढालाई कोहलपुर १० स्थित हाईस्कुल नजिकबाट पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

    बुढाले १ मिलियन अमेरीकी डलर देखाएर स्थानियहरुलाई ठग्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

    १ मिलियन डलर हालसम्म प्रचलनमा नआएको पाईएकाले आवश्यक अनुसन्धानका लागि बुढालाई नियन्त्रणमा कोहलपुर प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्