Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२३ गते
    २० पटक
    काठमाडौं ।

    निर्देशक उदय सुब्बाको पछिल्लो चलचित्र ‘आरुशी’ छायांकन सकिएको छ ।  ३५ दिनको नियमित छायाँकन पछि चलचित्र सकिएको हो ।

    पूर्वको चैनपुर,  ताप्लेजुङ, संखुवासभाको गुफा पोखरी, झापा, धनकुटा र इलाममा चलचित्रको छायाँकन गरिएको निर्देशक सुब्बाले बताए ।

    त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र ‘आरुशी’मा रमा लिम्बु र इशक राईको मुख्य भुमिका रहेको छ । यी दुबै यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् ।

    कला राइ, सुनिल थापा, दमन रुपाखेति, सुरबिर पण्डित, रामचन्द्र अधिकारी, भुपेन्द्र लिङदेन, उदय सुब्बा लगायतका कलाकारका समेत अभिनय रहेको चलचित्रमा बिकाश चौधरीको संगीत, कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफी, राजु किरातीको द्धन्द रहेको छ ।

    सहारा प्रधान, बिरु गुरुङ र केशब कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेको यो फिल्म नयाँ बर्ष २०७६ को सुरुवातमै प्रदशर््नमा आउने निर्माण युनिटले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्