Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२३ गते
    १६३ पटक

    सडकमा दुर्घटना हुनुृ र कारसँग साइकल ठोक्किनु नयाँ कुरा भएन । कारसँग ठोक्किएर साइकल कच्याक कुचुक हुनु पनि नौलो होइन । तर जब साइकल सँग ठोक्किएर कार कच्याक कुचुक हुन्छ, तब यो कुरा आठौँ आश्चर्य बन्दो रहेछ ।

    रोचक त के भने साइकल र कार आपसमा ठोक्किँदा साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो । त्यो तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ ।

    चीनको सेन्जेन सहरमा भएको यो घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रसंसा गरिरहेका छन् ।

    त्यस्तो बलियो साइकलको बारमेा जान्नका लागि मानिसहरु उत्सुक नहुने कुरै भएन । घटनाको भिडियो बाहिर आएसँगै मानिसहरुले कार कम्पनीको मजाक उडान सुरु गरे ।

    क्तिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको बताएपनि पुलिसले त्यो वास्तविक घटना भएकेा पुष्टि गरकेो छ ।

    पिपुल्स डेली चाइनाले समेत यो तस्वीर सहितको समाचार छापेको छ । दुर्घटनामा साइकलमा कुनै क्षति नभएपनि चालक सामान्य घाइते भएका छन् । उता कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारका यात्रु तथा चालक सुरक्षित छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस्