Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२३ गते
    ८७ पटक
    रावन विश्वकर्मा । बर्दिया

    बर्दियाको बाँसगढीमा वडा स्तरिय प्रथम मेयर कप फुटवल प्रतियोगिता २०७५ आइतबारदेखि शुरु भएको छ ।

    मेयर कपको प्रदेश नम्बर ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सदस्य कबिराम थारु र बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    मेयर कप प्रतियोगितालाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले युवाहरुको क्षमता पहिचान र विकास गर्ने वातावरण सृजना गर्ने खालका योजनाहरु ल्याउने बताइन् । उनले निकट भविष्यमा ५ नम्बर प्रदेशमा मुख्य मन्त्रि कप सञ्चालन गर्ने योजना रहेको समेत सुनाइन् ।

    त्यस्तै त्यस्तै प्रदेश सांसद कबिराम थारुले खेल क्षेत्रको बिकास गर्दै राष्ट्रिय स्तरमा ५ नम्बर प्रदेशलाई चिनाउने गरी प्रदेश सरकारले योजना ल्याउने

    उद्घोष गरेका थिए । बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीले बाँसगढीमा खेल क्षेत्रको विकास गर्दै स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने आधार बन्न सक्ने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको बताए । उनले खेलको माध्यमबाट युवाहरुलाई अनुशासित, स्वस्थ बनाई राष्ट्र निर्माणमा टेवा पुग्ने आशा गरे ।

    “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित बाँसगढी नगरपालीकाको आयोजना र २ नम्बर वडाको व्यवस्थापनमा पौष २२ गते २६ गते सम्म मयेर कप सञ्चालन हुने खेल व्यवस्थापक प्रेम हमालले बताए ।

    मेयर कपमा प्रथम टिमले ४५ हजार द्वितीयले ३० हजार, तृतियले २० हजार र सान्तोनाले ७ हजार नगद, शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् । मेयर कप फुटवल प्रतियोगितामा प्रत्येक वडाबाट १÷१ टिम गरी ९ टिमको सहभागिता रहने छ ।

    नगर क्षेत्रको खेलकुद विकास, खेलाडीहरुको पहिचान, प्रतिभा छनोट र खेलाडीहरुको मनोवल बढाउने उद्देश्यले सञ्चालन गरिएको मेयर कप सञ्चालनको लागि करिब ९ लाख खर्च लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

    नगर स्तरिय खेल समिति संयोजक जयराज पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कृषि भूमि तथा सहकारी मन्त्रि आरती पौडेल, प्रदेश सांसद कबिराम थारु, बाँसगढी नगरपालीकाका मेयर सालिकराम अधिकारी, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्री, नेकपाका नगर अध्यक्ष तिलक हमाल, नेपाली काँग्रेसका नगर सभापति गोबिन्द प्रसाद शर्मा, नगर स्तरिय समुह तथा सञ्जालका अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष निराजन चापागाँई, ९ ओटै वडाका वडा अध्यक्ष खेल प्रेमी, खेलाडी लगायतको सहभागिता रहेको थियो ।

    नगर स्तरिय खेल समितिका सदस्य सचिव शेर बहादुर केसीले कार्यक्रमको सञ्चालन गरेका थिए भने कमेन्टीङ उद्घोषण नगरपालीकाका क्षितिज पौडेलले गरिरहेका छन ।

    आइतबार भएको पहिलो खेलमा ० का बिरुद्ध २ गोल अन्तरले २ नम्बर वडा विजय भएको छ । प्रतियोगितामा २३ गते सोमबार १० बजे देखि ९ नम्बर वडा र ५ वडा, दिउसो २ बजे देखि ६ नम्बर वडा र ४ नम्बर वडा बिच खेल हुने छ ।

    प्रतिकृया दिनुहोस्