Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२३ गते
    ६४ पटक

    झण्डै एक महिना भयो प्रियंका कार्कीलाई मस्त जाडोले छोएको । बाक्ला बाक्ला कपडा लगाउँछिन् उनी हिजोआज । अनि शरीर पूरै ढाक्छिन् पनि । सोसल मिडिया हेर्दा यस्तै देखिन्छ ।

    प्रायः छोटा र पारदर्शी मात्रै हैन, पार्टनर आयुष्मानसँग इरोटिक मुडको तस्बिर खिचेर सोसल मिडियामा सहजै सेयर गर्न उनी हिच्किचाउँदिनन् ।

    यो चाहिँ पुस पहिलो सातातिरको कुरा हो ।मंसिरसम्म त उनी आयुष्यमान देशराजसँग स्विमिङ पुलमै चोबलिएर तस्बिर खिचाइरहेकी थिइन् तर अहिले भने उनका त्यस्ता तस्बिर हेर्न अर्काइभबाहेक अर्को विकल्प छैन ।

    उनको इन्स्टाग्राममा डिसेम्बर ७ यता पूरै शरीर ढाकिएका बाक्ला–बाक्ला लुगासहितका तस्बिर मात्रै छन् । अभिनेत्री भए पनि उनी पनि हाडछालाले नै बनेकी हुन् ।

    यस्तो कठ्याङ्ग्रिने चिसोले उनलाई पनि छोइहाल्छ नि ! त्यसो त पुस फासफुस भइगयो, माघपछि त घाम पक्कै चर्केला !

    #शुक्रबार बाट।

    प्रतिकृया दिनुहोस्