Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२२ गते
    ७५ पटक
    एजेन्सी ।

    कुनै समय बलिउडमा निकै राम्री मानिएकी नायिका हुन आयसा टाकिया , । सलमान खान जस्ता नायकसंग काम गरेकी यी नायिकाले सुरुवाती दिनमा ठिकठाक नै चर्चा कमाईन् । उनका फिल्महरु खासै नचलेपनि उनको सुन्दरताको कारण उनलाई मन पराउँने फ्यानहरु भने धेरै थिए । यसबीचमा उनले स्तनको सर्जरी गरिन् ।

    स्तन सर्जरीपछि स्तन भद्धा भएको भन्दै उनले फिल्म कम पाउँन थालिन् । उनले त्यसपछि पनि केही फिल्महरुमा काम गरिन् तर अन्तिम पछिल्लो रुचाईएको फिल्म भने वान्टेट थियो जसमा उनले सलमान खानसंग काम गरेकी थिईन् ।

    त्यसपछि भने उनी बिस्तारै बिस्तारै हराउँदै गईन् । नेताका छोरासंग बिवाह गरी एक सन्तानकी आमा समेत बनेकी आयसालाई सर्जरीको भुत भने त्यसपछि पनि हटेन ।

    उनले हालै आफनो अनुहारको सर्जरी गरेकीछिन् । सर्जरी पछि उनले हुँदा खादाको राम्रो अनुहार पनि गुमाएकीछिन् । दोस्रो सर्जरी उनका लागि त्यती हितकर साबित भएन ।

    उनको सुन्दरता पनि गुमेको छ भने उनी भएको उमेरभन्दा पनि बढी बुढी देखिन्छन् । सर्जरीपछि उनलाई उनकै फ्यानहरुबाट नकरात्मक प्रतिक्रियाहरु पाईरहेकीछिन् ।

    प्रतिकृया दिनुहोस्