Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/१३ गते
    १९७ पटक
    लाहान ।

    सिराहाको धनगढी नगरपालिका–३ मा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

    स८प ५३६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले धनगढीले जनाएको छ।

    ठक्कर दिने मोटरसाइकलका चालक लहान नगरपालिका–१३ निवासी २५ वर्षीय अखलेशकुमार महतो पनि घाइते भएकाले उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस्