Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२१ गते
    ४२ पटक
    सिमला ।

    भारतमा बस दुर्घटनामा ६ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको छ ।

    शनिबार हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा एक बस खोँचमा झर्दा छ जनाको मृत्यु भएको हो । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

    सिरमाउर जिल्लाका वरिष्ट प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताउनुभयो । दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

    लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्