Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/२१ गते
    ८९ पटक
    काठमाडौं ।

    जयनगरदेखि कुर्थासम्मको रेलमार्ग निर्माण लगभग सम्पन्न भएको छ । रेल विभागले जयनगर–बर्दिवाससम्मको रेलमार्गअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेकाले रेलसेवा सञ्चालन हुने गरी तयारी अवस्थामा रहेको जनाएको छ ।

    नेपाल सरकारले आफैँले रेल किन्ने घोषणा गरेकाले इन्जिन आउनेबित्तिकै नेपालीको रेल चढ्ने धोको पूरा हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

    उनले निर्माणका सबै काम पूर्ण भइसकेकाले उद्घाटनका लागि जनकपुर रेल्वे स्टेसनलाई मिथिला चित्रकलाले दुलहीझैँ सिँगारिएको जानकारी दिए । जयनगरदेखि कुर्थासम्मको रेलमार्ग उद्घाटन कसले गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन ।

    नेपाल र भारतको केन्द्र सरकारकै उपस्थितिमा रेलमार्ग उद्घाटन गर्ने तयारी छ ।

    साबिकमा भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालनमा रहेको जनकपुर रेल्वेलाई विस्तारित गर्दै नेपाल रेल्वेले जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म सञ्जाल बढाएको छ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको रेल्वे सेवा तीन चरणमा पूरा हुँदै छ, जसको पहिलो चरणको काम अन्तिममा पुगेको छ ।

    पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्ने योजना छ ।

    त्यस्तै, दोस्रो चरणको कुर्थादेखिको भंगहासम्मको रेलसेवा आगामी मार्च या अप्रिलभित्र र तेस्रो चरणको रेलसेवा थप १७ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेकोमा बर्दिवासमा जग्गा अधिग्रहण अझै टुंगिएको छैन । नयाँ पत्रिकामा खबर छ ।

    प्रतिकृया दिनुहोस्