Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१९ गते
    २७६ पटक
    काठमाडौं ।

    हामीले सुन्ने गरेको महिला पुरुषले डिभोर्स गरेर अर्को महिला वा पुरुषसँग सम्बन्ध राख्छन् या एक्लै बस्छन् । डिभोर्स विभिन्न कारणले हुने गर्दछन् ।

    कसैसँग चित्त नबुझेर, आपसी विवाद, कलह, परसम्बन्ध आदि । कहिकतै सम्बन्ध बिच्छेदका भिन्न बिषय सुन्नमा आउने गर्दछन् । एक यस्तो घटना बाहिरिएको छ दुई जना महिलाले आफ्नो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर विवाह गरेका छन् ।

    उनीहरुले आफ्नो पुरानो प्रेमलाई सार्थक तुल्याएको बताएका छन् ।

    उनीहरु लामो प्रेमसम्बन्धमा रहेको बुझिएको छ तर उनीहरुको प्रेमलाई समाजले र घरपरिवारले बुझ्न सकेका थिएनन् । उनीहरुका परिवारले जबरजस्ती ती महिलाको विवाह गरिदिएका थिए ।

    तर उनीहरुको ईच्छा अदालतले पुरा गरिदिएको छ । उनीहरुको उमेर क्रमशः २१ वर्ष र २६ वर्ष रहेको छ । एक महिलाका बुवा शिक्षक हुन् भने एकको मजदुरी गर्दछन् ।

    २८ डिसेम्बरमा दुवैजना रजिस्टार कार्यालय गएका थिए । उनीहरुले आफूले विवाह गरेको बताए र आफ्नो विवाहलाई कानुनी मान्यता दिन आग्रह गरेका थिए ।

    तर, रजिस्टार आरकै पालले उनीहरुको विवाहको दर्ता गराएनन् । त्यसपछि उनीहरुले अदालतको सहारा लिएकी थिईन् । अदालतले उनीहरुको समलिंगी विवाह मान्यता दिएको थियो । तर उनीहरुको विवाहको सम्बन्धमा भने कुनै कानुन भएको छैन ।

    प्रतिकृया दिनुहोस्