Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१८ गते
    २४९ पटक
    बर्दिया ।

    सेवाग्राहीबाट १५ हजार घूस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी हवलदार निलम्बनमा परेका छन् ।

    गुलरियास्थित खैरापुर प्रहरी चौकीका ईन्चार्ज असई भेषलाल बुढा क्षेत्री र प्रहरी हवलदारले स्थानीय राजु विकबाट चिरान काठ लैजाने क्रममा कागजात नभएको पाइएपछि १५ हजार घूस लिई छाडेको अभियोगमा कारवाहीमा परेका हुन् ।

    प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले घूस प्रकरणमा परेका असई बुढा क्षेत्रीलाई निलम्बन गरी बर्खास्तका लागि प्रदेश प्रहरी प्रमुख कहॉ कारवाहीका लागि सिफारिस पत्र पठाएको बताए ।

    उनले प्रहरी हवलदारलाई कारवाही गर्ने अधिकार आफूसँग भएकोले निलम्बन गरी बर्खास्त प्रक्रिया अघि बढाएको जनाए । निलम्बन परेका प्रहरीद्यले घूस लिएको रकम फिर्ता गरेको प्रहरीले जनाएको छ ।

    घूस प्रकरणका विषयमा छानबिन समिति गठन गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्