Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१७ गते
    ४०५ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा सोमबार मध्यरातमा भयानक सवारी दुर्घटना भएको छ । तिव्र गतीमा रहेको मोटरसाइकलले ट्राफिक चेकिङमा रहेको कारलाई पछाडिबाट ठक्कर दिएको हो ।

    तिव्र गतीमा रहेको मोटरसाइकलले रोकिराखेको कारलाई ठक्करदिएपनी मोटरसाइकमा सवार दुवै युवकलाई भने केही नभएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

    कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार सोमबार मध्यराती साढे ११ बजेतिर विपी चोक नजिक ट्राफिक चेकिङको लागि रोक्न खोज्दा तिव्र गतीमा रहेको मोटरसाइकलले चेकिङका लागि रोकिराखेको कारमा ठक्कर दिएको थियो ।

    भयानक दुर्घटना भएपनी चेकिङमा खटिएका प्रहरी सँगै मोटरसाइकलमा सवार दुवै युवकलाई केही नभएको उनले जानकारी दिए । ठक्कर दिने भे ७ प ४९३० नम्बरको मोटरसाइकल र कार भने ठूलो क्षती पुगेको छ ।

    मोटरसाइकलमा सवार दुवै युवकहरु भने मध्यरातमा अग्रेजी नयाँ बर्ष बनाउन हिडेको बुझीएको छ । नयाँ बर्ष मनाउन हिडेका उनीहरुको बास भने वडा प्रहरी कार्यालय नेपालगन्जको हिरासतमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्