Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१५ गते
    १४५ पटक
    काठमाडौं ।

    फिल्म ‘१०० कडा १०’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। फिल्ममा बर्मेली अभिनेत्री सोनिया राईको अभिनय देख्न सकिन्छ।

    रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार फिल्ममा भ्रष्टचार विरुद्धको कथा प्रस्तुत गरिएको छ। फिल्ममा मुख्य कालकार राजाराम पौडेल भ्रष्टचारी सरकारी कर्मचारीका रुपमा चित्रित छन् भने कलाकार मनोज गजुरले भष्टचार विरोधी पात्रका रुपमा खडा देखिन्छन्। यससँगै फिल्मको ट्रेलरमा मायाँ प्रेमका कुरालाई समेत प्रस्तुत गरिएको छ।

    फिल्ममा राजाराम र मनोजका साथै अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ। हास्यकलाकार मनोज गजुरेलको भने ठूलो पर्दामा ‘सयकडा १०’को अभिनय डेब्यु अभिनय हो।

    नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको ‘१०० कडा १०’ माघ १८ बाट प्रदर्शनमा आउनेछ।

    भिडियो

    प्रतिकृया दिनुहोस्