Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१३ गते
    १८४ पटक
    सिड्नी ।

    दक्षिण अष्ट्रेलियाका एडिलेडमा बिहिबारदेखि हराईरहेका नेपाली विद्यार्थी मृत फेला परेका छन्।

    हराएको २४ घण्टापछि ती युवाको शव समुन्द्रमा डुबेको अवस्थामा भेटिएको प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ।

    गत बिहिबार दिउँसोदेखि २२ वर्षिय नेपाली विद्यार्थी निश्चल घिमिरे हराईरहेका थिए। शव घिमिरेकै भएको उनका भाई प्रज्वलले प्रहरी समक्ष सनाखत गरेका हुन्।

    उनको पौडी खेल्न क्रममा डुबेर ज्यान गएको हुनसक्ने अनुमान छ । तर, निश्चललाई पौडन नआउने भएकाले किन समुन्द्रमा गए भन्ने शंकास्पद छ। प्रहरीले घटनाको छानबिन गरिरहेको छ।

    दक्षिण अष्ट्रेलियाको क्लेरेन्स पार्कमा बस्ने घिमिरे आफूले हेरचाह गर्ने बालक घुमाउने क्रममा हराएका थिए। घिमिरेले बालबालिका हेरचाह गर्ने काम गर्थे।

    घिमिरे बालक लिएर नजिकै रहेको ग्लेनग समुन्द्री तटमा गएका थिए। बालक भने तट नजिकै सकुशल भेटिएका छन्।

    घिमिरे हराएको सूचना भने प्रहरीले शुक्रबार मध्यान्ह मात्र पाएको थियो। त्यसपछि उनको खोजी भइरहेको थियो।

    प्रतिकृया दिनुहोस्