Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/१२ गते
    ७२ पटक

    राम्रो रङको छनोटले घरका कोठामा रौनक बढाउनुका साथै मनमा खुशी तथा शान्तिको महसूस पनि गराउँछ ।

    घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । जाडोमा घर तथा कोठालाई अलग पहिचान दिने रङबारे यहाँ चर्चा गरिएको छ :

    सेतो
    सेतो जाडो मौसममा एकदमै मन पराइने रङ हो । सेतो रङको साथमा अन्य रङ मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

    सिम्रिक
    लिभिङ रूममा कस्तो रङ लगाउने भनेर दोधारमा रहेकाहरूका लागि सिम्रिक उत्तम विकल्प हुन सकछ । सिम्रिक रङ लगाइएको कोठामा प्रवेश गर्ने जो कोहीले फरक खालको अनुभूति गर्छन् ।

    नीलो
    नीलो रङ हरेक मौसमको शान हो । यो रङले सबै प्रकारको भित्तामा चमक भरिदिन्छ । चाहे यो चम्किलो रङको होस्, या फिक्का । यो रङ जाडो मौसममा अति रुचाइने रङ हो ।

    काठ
    काठ रङ अधिकांश महिलाका लागि प्रिय हुन सक्छ । किनकि, यसले किचनका भित्तामा लागेको फोहोर सफा गर्न सहयोग गर्छ । कोठालाई सफा राख्न पनि यसले मद्दत गर्छ ।

    सुन्तला
    सुन्तला रङले घरलाई सुन्दर लूक्स दिन सक्छ । यसमा धरै प्रकारका छायाँ आउँछन्, जुन मनै लोभ्याउने खालका हुन्छन् ।

    आइवरी
    जाडोका लागि आइवरी उत्तम रङ हो । यस रङले घरलाई चमकदार देखाउन सहयोग गर्छ । यो रङ लिभिङ रूम तथा बेडरूममा लगाउन सकिन्छ ।

    हरियो
    हरियो यस्तो रङ हो, जसले आँखालाई आनन्द प्राप्त मद्दत गर्छ । यसमा हल्का छायाँ पार्नुहोस् र हेर्नुहोस् । अनि कोठा कति ठूलो देखियो भनेर मक्ख पर्नुहोस् ।

    गुलाबी
    गुलाबी रङले घर तथा कोठालाई ठूलो तथा चम्किलो देखाउँछ ।

    रातो
    यो रङले घर तथा कोठालाई उज्यालो देखाउँछ । रातो रङका साथमा अन्य रङ पनि संयोजन गरेर लगाउन सकिन्छ । यो एउटा रोमाण्टिक रङ पनि मानिन्छ । त्यसैले, यसलाई बेडरूममा लगाएर पृथक् लूक्स देखाउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस्