Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/११ गते
    १५४ पटक
    कोहलपुर ।

    निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल बाँकेको जिल्ला अधिबेशन पौष १६ गते हुने भएको छ ।

    अधिवेशनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न गाउँपालिका र नगरपालिकाको अधिवेशन सम्पन्न भैसकेको छ । प्याप्सनको बाँकेको जिल्ला अधिवेशनले आगामि दुई वर्षिय कार्यकालको लागी नयाँ नेतृत्व समेत छनौट समेत भएको हुने छ ।

    नेतृत्वका लागी कडा भिडन्त हुने देखिएको छ । हाल प्याप्सनको जिल्ला वरिष्ठ उपाध्यक्ष राजेन्द« आचार्य र जिल्ला सदस्य दिनेश सिग्देलले आगामी कार्यकालको लागी नेतृत्वको दाबी गर्ने बताएका छन् ।

    आचार्यले आफु अहिलेको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष भएकोले आफ्नो आगामी कार्यकालको लागी उम्मेदवारी रहेको बताए । आफुले नेतृत्व गर्न पाएमा प्याप्सनको आफ्नै भवन वनाउने र देशमा सरकारले अहिले निजि विद्यालयहरुलाई निजि गुठी र सहकारी गुठीको रुपमा दर्ता गर्नु पर्ने भन्दै आएको छ त्यसको विरुद्धमा आफुले आवाज उठाउने दाबी गरे ।

    यस्तै आफ्नो उमेदवारी दावि गर्दै आएका दिनेश सिग्देलले निजि विद्यालयको लगानी संरक्षणको लागी ,गुणस्तरीय शिक्षाको लागी, राष्ट्रिय शिक्षानिति संस्थागत विद्यालय अनुकुल वनाउनको लागी आफ्नो उम्मेदवारी रहने बताए ।

    राजेन्द« आचार्य दिपक ईङ्लिस मिडियम स्कुल खजुराका संस्थापक प्रिन्सिपल रहेका छन् भने दिनेश सिग्देल क्रिसा कोहलपुरका अध्यक्ष तथा राम जानकी मावि कोहलपुर संचालक समेत हुन् ।

    प्रतिकृया दिनुहोस्