Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/९ गते
    ५९ पटक
    सपना अधिकारी ।

    मानव जीवनका विभिन्न अवस्थाहरूमध्ये बाल्यवस्था एक महत्वपूर्ण अवस्था हो । यो अवस्था सम्पूर्ण जीवनको जग बस्ने अवस्था भएकोले यस बेलामा बालकलाई विशेष हेरचाह र पालनपोषण गर्नुपर्ने हुन्छ ।

    शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक हरेक पक्षको विकासमका दृष्टिले पनि यो अवस्था महत्वपूर्ण मानिन्छ । नेपालमा बाल्यवस्थालाई मानव जीवनको जन्मपश्चातको सुरुको अवस्थादेखि १६ वर्ष सम्मलाई बाल्यवस्था मानिन्छ भने अन्तर्राष्ट्रिय स्तरमा १८ वर्षसम्मलाई बाल्यवस्था मानिन्छ ।

    बाल्यवस्थाको पनि विभिन्न चरणहरू हुन्छ र ती चरणहरूसँगै पोषणले पनि ठूलो भूमिका खेलेको हुन्छ । यदि गर्भवती महिलाले पोषणयुक्त खानेकुराहरू खाइरहेको छ भने बच्चा र आमा दुवैको स्वास्थ्यस्थित राम्रो हुन्छ।

    गर्भमा छाँदाखेरि वा जन्मिसकेपछि शिशुलाई कुपोषण भएमा यसले मानसिक विकासमा प्रतिकूल असर पार्दछ । यस्ता शिशुहरूको ब्रेन सेल कुपोषण नभएका शिशुको भन्दा १५–२० प्रतिशत थोर हुन्छ ।

    यसले गर्दा यिनीहरूको बौद्धिक क्षमता पनि कम हुनु स्वभाविक हो । जसले गर्दा शिशु उत्साहहीन हुने, एकान्तमा रहन नसक्ने, नयाँ कुरा सिक्न इच्छा नगर्न, लोसे, उत्सुक नहुने र जुनसुकै वातावरणमा पनि रमाउन नसक्ने हुनाका साथै उसका सहपाठीहरूभदा सधैँ पिछडिएको हुन्छ, यस्तो बालक पढाइमा पनि कमजोर हुन्छ र कुनै मौकाबाट लाभ उठाउन पनि असफल हुन्छ ।

    साना शिशुहरूको शारीरिक बनोट उनीहरूले दिनहुँ प्राप्त गर्ने भोजनको स्तरमा निर्भर गर्दछ । गर्भदेखि नै उनीहरूलाई शरीर विकासका लागि पौष्टिक पदार्थ आवश्यक पर्ने हुनाले गर्भावस्थामा पोषिलो भोजन प्रशस्त खान पाएका आमाहरूबाट जन्मेका शिशुहरूको शारीरिक बनावट पनि अरु साधारण शिशुहरूको भन्दा पुष्ट र गहकिलो हुन्छ ।

    पोषणयुक्त खाना भन्नाले ठोस र तरल पदार्थ रहेको हुन्छ, जुन पोषणबाट शक्ति दिने, शारीरिक वृद्धि गर्ने, विकास गर्ने, रोगसँग लड्ने शक्ति प्रदान गर्ने, संवेगात्मक विकास गर्ने र व्यक्तित्व विकास गर्ने कार्य निरन्तर भइरहेको हुन्छ ।

    कार्वोहाइड्रेटस् – शक्ति दिने चामल, गहुँ, मकै, जौ आदि ।
    प्रोटिन – शरीरिक वृद्धि तथा कोषहरू वृद्धि गर्ने दूध, माछा, मासु, अण्डा, दाला गेडागुडी ।
    चिल्लो पदार्थ – यसबाट पनि शक्ति प्राप्त हुन्छ जस्तैः घीऊ, तेल, आदि ।
    खनिज – विभिन्न रोगहरूबाट कम खनिजको आवश्यक पर्दछ । जस्तै ः सागपात, माछा, मासु आदि ।
    भिटामिन – भिटामिनले पनि शरीरको रक्षा गर्नुको साथ विभिन रोगहरूसँग बच्न मद्धत गर्दछ । जस्तै फलफूल , सागपात, माछा आदि ।
    पानी– पानी शरीरको तापक्रम सन्तुलन राख्न र खाएको पदार्थलाई शरीरमा शोषित गर्न आवश्यक पर्छ । पिउने पानी सफा र किटाणुरहित हुनुपर्छ ।

    बच्चा जन्मेको छ महिनासम्म आमाको दूध खुवाउनुपर्छ, आमाको दूध प्राकृतिक रपमा नै शिशुहरूको पौष्टिक आवश्यकता पूरा हुने किसिमबाट बनेको हुन्छ । विशेष परिस्थितिमा बाहेक सामान्य परिस्थितिमा बच्चालाई सकेसम्म आमाकै दूध खुवाउनुपर्छ ।

    विस्तार ठोसयुक्त खोनेकुराहर सर्वोत्तम पिठो९लिटो० चामल, गहुँ, मकै, भटमास, काजुबदाम, मिसाएर भुटेर आफैँ पनि बनाउन सकिन्छ फलफूलको जुसुहरू थोरुै मात्रामा त्यसको साथै जाउलो सागपातहरू खुवाउँदै जानुपर्छ । ५ वर्षको उमेरसम्ममा ९० प्रतिशत ब्रेन विकास हुने हुनाले बच्चाहरूको पोषणलाई अभिभावकहरुले एकदमै ध्यान दिनुपर्दछ ।

    सकेसम्म घरमै बनाएका खानेकुराहरू खाने वातावरण बनाउनु पर्दछ । कुनै कुनै बच्चाहरू रोइरहने, गनगन गरिरहने, ज्वरो आइरहेन, दिसापखाला लागिरहने, तौल पनि कम हुन्छ भने त्यो कुपोषणको कारणले गर्दा हो । ९पोषण नपुगेर० कुनै कुनै बच्चाहरूको पेट ठूलो हुने टाउको ठूलो हुने हुन्छ ।

    हाम्रो जस्तो देशमा खाद्यान्नको अभावले गर्दा खानेकुराहरूको उत्पादनमा कमी हुनु वा गरिबीको कारण खाद्यान्न खरिद गर्न नसक्दा ज्ञानको कमिले गर्दा पनि बच्चाहरूलाई कस्तो किसिमको पोषण खुवाउँदा राम्रो हुन्छ भन्ने थाहा हुँदैन ।

    सम्पन्न परिवारका बच्चाहरू विस्कुट, चकलेट, चाउचाउ, आइसक्रीमजस्ता खानेकुराहरू बढी रुउचाउँछन् । यस्तो खानेकुराहरू खाएका बालबालिकाहरू भोक नलाग्ने, खानामा अरुची हुने तथा तौल घट्ने हुन सक्छ ।

    केटाकेटीहरू बढ्ने उमेरका हुने भएकोले वयस्कहरूको शरीरको तौलको अनुपातमा यिनीहरूको शरीरको तौलको लागि बढी क्यालोरी चाहिन्छ । सिफारिस गरिएको शक्तिका आवश्यकता अनुसार

    व्यक्ति उमेर समूह र प्रतिदिन आवश्यक पर्ने९क्यालोरी०
    ०– ६ महिना १२० प्रतिकिलो शरीरको तौल
    शिशु ६–१२ महिना १००
    १–३ वर्ष १२००
    केटाकेटी ४– ६ वर्ष १५००
    ७– ९ वर्ष १८००
    १०–१२ वर्ष २१००
    केटा १३–१५ वर्ष २५००
    केटी १३–१५ वर्ष २३००

    उपरोक्त तालिका अनुसार भोजनबाट प्रत्येक शिशु, केटाकेटीहरूको क्यालोरीको आवश्यकता पुगेको छ वा छैन दाँज्न सकिने हुन्छ र त्यसअनुसार भोजनको योजना गर्न पनि सजिलो हुन्छ ।

    डा. सावित्री पहारीको अनुसार
    नेपालमा कुल जनसंख्याको ४० प्रतिशत शिशुहरू छन्, यी मध्ये ७० प्रतिशत ५ वर्षमुनिका छन् । शिशु मृत्युको अत्याधिक सम्भावना ५ वर्षको उमेरसम्म नै हुन्छ । नेपालमा शिशुहरूको मृत्युदर प्रति हजारमा १५० छ ।

    यसरी यति ठूलो संख्यामा रहेका शिशुहरको मृत्युको प्रमुख कारण कुपोषण नै हो । जुका पर्ने, पखाला लाग्ने आदि रोगहरूले शिशुहरूमा विद्यमान कुपोषणको यस समस्याल अझ जटिल पारेको छ ।

    नेपलामा कुपोषण नभएका सामान्य स्थितिका शिशुहरू २३–३३ प्रतिशत र कुपोषण भएका शिशुहरू ६७–७७ प्रतिशत छन् । बाल कुपोषणको यस भयावह स्थितिलाई समयमा नै सम्हाल्न नसकेका खण्डमा आउँदो दुई दशकपछिको जनशक्ति कस्तो होला भन्ने कुरा सजिलैसँग अनुमान गर्न सकिन्छ ।

    किशोरावस्थाको व्यक्ति भन्नाले १३–८ वर्षसम्मका केटा वा केटी भन्ने बुझिन्छ । केटा वा केटीहरूको निम्ति शारीरिक वृद्धिको सबैभन्दा अन्तिम चरण नै किशोरावस्था हो, यो अवस्थामा केटाकेटीहरूको शारीरिक विकास अत्यन्त तीव्र गतिमा हुन्छ ।

    दैनिक भोजनमा उचित परिमाणमा तरकारी दूध, फलफूल र खाद्यान्नहरू पपुग्न नसकेको खण्डमा क्याल्सियम, लोहतत्व र भिटामिन ‘ए’ को पनि कमि हुन्छ ।

    यो अवस्थामा केटाहरूभन्दा केटीहरूमा समस्या देखिएको छ किनभने केटीहरू भन्न लाज मान्ने, एकैपट पेटभरि खानुमा भन्दा दिनभरी कट्याककुटुक खाइरहने हुन्छ जसले गर्दा उनीहरूलाई दैनिक आवश्यकताको परिपूर्ति हुन सक्तैन र उनीहरलाई क्यालोरीको साथ पौष्टिक पदार्थ पनि कम हुन जाने हुन्छ ।

    अघिल्तिर जे खानेकुरा देख्यो त्यो खाइहाल्नुपर्ने हुन्छ त्यसकारण उनीहरूलाई पौष्टिक भोजनहरू उपलब्ध गराइदिनुपर्छ । उनीहरूको खानामा क्यालोरी बढाउनको निम्ति चीज, मासु, फुलजस्ता प्रोटिन र क्यालोरी बढी हुने पोषिला भोजनहरु समावेश गरिदिुन पर्दछ ।

    यसलाई रोकथाम गर्नको लागि राज्यले पहल गर्दै आइरहेको छ जस्तै: ६–६ महिनामा भिटामिन ‘ए’ खुवाउने, जुकाको औषधी खुवाउने गर्दै आएको छ । प्रभावकारी बनाउनको लागि हरेक क्षेत्रमा, हरेक समुदायमा पोषण सम्बन्धी जनचेतना कार्यक्रमहरू गर्ने गरे अझ राम्रो हुन्थ्यो ।

    बालबालिकालाई स–साना उमेदेखि नै पोषणस्थितिबारे ज्ञान दिलाउन आवश्यक देखिन्छ ।

    पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्थानीयस्तरमा सम्बन्धित निकायहरूबाट तालिम, गोष्ठी तथा प्रचारप्रसारका कार्यक्रमहरू सञ्चालन गरिनुपर्दछ । पोषण कार्यक्रममा निजी तथा गैरसरकारी क्षेत्रलाई सहभागि गराउन प्रोत्साहन गर्दै लैजानुपर्छ ।

    प्रतिकृया दिनुहोस्