Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/९/५ गते
    ११७ पटक
    काठमाडौं ।

    नेपाली चलचित्र बजार सानो छ तर त्यही सानो बजारमा चलचित्र निर्माता तथा निर्देशकहरुको होडबाजी चल्ने गरेको छ ।

    त्यो होडबाजीले कसैलाई फाइदा पनि पुर्‍याएकाे छ भने कसैलाई नराम्ररी पछारेका उदाहरणहरु प्रशस्तै छन् ।

    शुक्रबार एक मात्र चलचित्र रिलिज हुन सके भाग्यमानी मानिन्छ यहाँ, तर कतिपय उदाहरण यस्ता पनि छन्, एकै मितिमा एउटै अभिनेता अथवा अभिनेत्रीहरुको धेरै चलचित्र पनि प्रदर्शनमा आउने गरेका छन् । त्यसको सिकार भइसकेकी नायिका हुन् प्रियंका कार्की । यसअघि उनी अभिनित दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘कोहलपुर एक्सप्रेस’ एकसाथ प्रदर्शनमा आएका थिए ।

    नायक आयुष्मान देशराज जोशीको प्रेममा रमाइरहेकी छिन् नायिका प्रियंका कार्की । पछिल्लो समय उनलाई गुणस्तरमा नभई संख्यात्मक अभिनयमा जोड दिने नायिकाका रुपमा धेरै निर्माता तथा निर्देशकहरुले व्याख्या गर्ने गरेका छन् ।

    एकपछि अर्को बेडसिन दिएका कारण पनि उनी यतिबेला चलचित्र उद्योगमा चर्चाको विषय बनिरहेकी छन् । केही समय अगाडि चलचित्र ‘कथा काठमाडौं’ मा दिएको दृश्यका कारण उनी आलोचनाको सिकार पनि बनेकी थिइन् ।

    तर त्यो अलोचनाले उनलाई कुनै फरक भने पारेन । केही दिनअघि मात्र चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भयो । चलचित्रको टिजरमा पनि प्रियंकको बेड सिन देखाइएको छ ।

    उनै प्रियंकाले अभिनय गरेका अन्य दुई चलचित्र पुनः एकैसाथ प्रदर्शनमा आउने पक्का भएको छ । पूर्वघोषित मितिमा फेरबदल नभए २०७६ को वैशाख १३ गते उनको मुख्य अभिनय रहेका २ चलचित्र ‘दालभात तरकारी’ र ‘प्रेम दिवस’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । मंगलबार ‘प्रेम दिवस’ निर्माताले ‘दालभात तरकारी’ प्रदर्शन मितिमै चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

    म्युजिकल लभस्टोरी कथामा निर्माण भएको ‘प्रेम दिवस’लाई योगेश घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहेको छ । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । यस चलचित्रमा प्रियंकाले आफ्ना रियल प्रेमी आयुष्मान देशराज जोशीसँग रोमान्स गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्