Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/२७ गते
    १४३ पटक
    दाङ ।

    दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

    चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

    स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर उपचार भैरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवा आमा र आफन्त छन् ।

    दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मनबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

    दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलही लिएर अर्काे स्कारपियोमा दुलहा थिए । बुवाआमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्