Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१६ गते
    ५९ पटक
    नेपालगञ्ज ।

    नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ११ ले क्यारमबोर्ड खरिद गरी वितरण गरेको छ ।

    क्यारमबोर्ड खरिदका लागि एकलाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिँदै वडा अध्यक्ष उज्जवलसिंह राठौंरले अहिलेसम्म चारवटा टोलमा क्यारमबोर्ड वितरण गरिएको बताउनुभयो ।

    नाम नबताउने शर्तमा एकजना वडासदस्यले युवाहरुलाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको बताउनुभयो ।

    क्यारमबोर्ड खेलमा ठूलो जुवा समेत हुने गरेको भन्दै प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ । वडाको बजेटबाट नयाँ क्यारमबोर्ड पाएपछि क्यारम खेल्ने युवाहरु खुशी भए पनि अधिकांशले सरकारी बजेटको दुरुपयोग भएका दाबी गरेका छन् ।

    अधिकारकर्मी प्रकाश उपाध्यायले वडाको बजेटबाट क्यारमबोर्ड खरिद गरी वितरण गर्नु स्थानीय सरकारकै लागि गलत ट्रेन्ड हुने बताउनुभयो ।

    http://ujyaaloonline.com

    प्रतिकृया दिनुहोस्