Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१६ गते
    ३० पटक
    काठमाडौं ।

    यूट्युबमा २ लाख २७ हजारभन्दा बढी भ्यूअर गइसकेको गीत ‘ओइ ओइ केटी’ को गीतमा प्रयोग भएको बोका शब्द हटाउँदै फेरि नयाँ भिडियो सार्वजनिक गरिएको छ ।

    मेलिनाको सो गीतमा स्रोता-दर्शकले आपत्ति जनाएकाले भिडियो निर्माण यूनिटले दर्शकहरुको भावनाको कदर गर्दै सो भिडियोलाई डिलिट गर्दै नयाँ भिडियो सार्वजनिक गरिएको हो ।

    मेलिनाको ‘ओइ ओइ केटी’ गीतमा शब्द, संगीत, अरेन्ज अनि भिडियो सम्पादन राज कुमारले गरेका छन् ।

    गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको छ । किर्तिपुरको बिभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्