Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१६ गते
    १२३ पटक
    नेपालगन्ज ।

    बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका–१ बैरियाका अरुण भनिने बेदनिधि चापागाईको मृत्यु भएको छ । उहाँको ब्रेन हेमोरेजका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

    दुई दिन अघि अत्यधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिबार मृत्यु भएको पुष्टि भएको छ ।

    साउदी अरबको जेद्धा स्थित अलमाराई कम्पनीमा विगत अढाई वर्ष देखि कार्यरत अरुण एक लगनशील र कुशल सामाजिक अभियान्ताका रुपमा आफुलाई स्थापित गरेका त्यहाँ रहेका हरि कृष्ण न्यौपानेले जानकारी दिनुभयो । विदामा घर आउनेजाने गर्दै आउनुभएका चापागाई पछिल्लो आमाको निधनपछि ८ महिना अघि घर आउनुभएको थियो ।

    अरुण गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समितिमा पुर्व उपाध्यक्ष, नेपाली श्रमिक सञ्जालका अभियान्ता लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध हुनुहुनथ्यो । एक जुझारु र समाजसेवी युवा गुमाउनु पर्दा अतुलनिय क्षति पुगेको राष्ट्रिय समन्वय परिषद् साउदी अरबका उपाध्यक्ष ध्रुव कुमार रिजालले बताउनुभएको छ ।

    त्यसैगरी नेपाली श्रमिक सञ्जाल एवम् सामाजिक अभियान्ता तथा पिएनसीसी समन्वयकर्ता अञ्जन पोखरेलले पनि विज्ञप्ती निकालेर सामाजिक सेवा र विशेष गरि नेपाली श्रमिकहरुको पैरवी पहलकर्ता अरुणलाई गुमाउन पर्दा नेपाली समाज जेद्धालाई ठुलो क्षति भएको उल्लेख गर्नुभएको छ । अरुणको शव सुलैमान फकेह हस्पिटलमा राखिएको छ ।

    एनआरएनए क्षेत्रिय समन्वय समिति जेद्धाको आकस्मिक बैठक वसि शोकसभा पारित गर्दै मृतक अरुणको शव नेपाल पठाउन महावाणिज्य दूतावाससँग पहल अगाडी बढाएको छ । स्वर्गीय अरुणकी श्रीमती, १ छोरा र १ छोरी सहितको परिवार छ।

    प्रतिकृया दिनुहोस्