Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/११ गते
४७९ पटक
जानुका ढकाल ।

केहि पुरुष मात्रै होइन महिलाहरुले पनि निकै चासो दिएर बिरोध गरेको देखियो महिलाले विवाह नगरि बच्चा पाउनुपर्छ भन्ने कुरा आउँदा । हुनपनि अहिले सम्म पुरुषले जे भन्यो त्यहि गर्न बाध्य बनाउने हाम्रो नेपाली समाजलाई यो कुरा पचाउन समय लाग्छ ।

आफुले चाहेको केटी होस् या महिलालाई इच्छा विपरित बलात्कार गर्ने र गर्भवति बनाइ छाडेर खुलेआम समाजमा घुम्ने पुरुषको कमी देखिएको छैन ।

हरेक दिन बिराएर बलात्कारका घटना हामीले सुन्न पाउँछौ, हरेक दिन विवाह गर्ने बाचा गरेर गर्भवती बनाएर छाडेको कुरा सुन्न पाउँछौ । यति सम्मकी मन्दिरमा लगेर सिन्दुर हालेर यौन सम्बन्ध राखि फरार भएका घटनाको पनि कमी छैन ।

यहाँ बलत्कृत हुनु र गर्भवती हुनमा दोष केवल महिलाको मात्रै देखिन्छ । महिलालाई नै समाजमा चरित्रहिन बनाइन्छ अनि परिवारबाट मात्र होइन समाज बाट नै निकालिन्छ पनि । उ आफ्नो पेटको बच्चालाई लिएर खेप्नु सम्मको दुःख खेप्न बाध्य हुन्छे ।

जहाँ गएपनि उसलाइ समाजले पीडा दिन्छ, उसको बच्चालाई बुढो हुन्जेल पनि पीडा भोग्न बाध्य बनाइन्छ बिना बाबुको सन्तान भनेर । यहि संस्कार छ हाम्रो यहि अभ्यास भइरहेको छ अहिले सम्म नेपाली समाजको ।

पछिल्लो समयमा भइरहेका परिवर्तनले नेपाली समाज कतातिर गइरहेको छ भन्ने खालका प्रसंगहरु पनि नआएका होइनन् । समय अनुशार परिवर्तन आवश्यक छ, मानवअधिकार नै हनन हुने खालका बिकृतिको अन्त्य गर्नका लागि यस प्रकारका कानून पहिले नै आउनु पर्दथ्यो तर ढिलै भएपनि सहि यसले महिलालाई राहत महशुश गराउने छ ।

प्रहरी प्रधान कार्यलयका अनुशार उपत्यकामा आर्थिक बर्ष २०७३–७४मा दर्ता भएका आंकडालाई हेर्ने हो भने १३५ जना बलात्कृत भएका थिए यो आंकडा दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

त्यस्तै पुर्वाअञ्चल क्षेत्रीय प्रहरी कार्यलयमा दर्ता भएका बलात्कारकारका घटनामा महिलाको संख्या ३५० जना, मध्यमाअञ्चलमा २१९, पश्चिमा अञ्चलमा १८४, मध्य मश्चिमा अञ्चलमा १८७, सुदुर पश्चिमाअञ्चलमा ६३, गरेर जम्मा ११३८ वटा बलात्कारका घटना दर्ता भएका छन् जसमा दश बर्ष मुनिका बालिका देखि ४६ बर्ष भन्दा माथीका महिला रहेका छन् । यी त केवल दर्ता भएका घटना हुन् । यस्ता दर्ता नगरेर थुप्रै घटनाहरु लुकाइन्छ छुपाइन्छ ।

यसको संख्या झनै धेरै रहेको छ । यी नदेखिएका घटना मध्ये कति गर्भवती भए कतिले गर्भपतन गराए यसको यकिन हुन सकेको अवस्था छैन । यसरी गर्भवती भएका महिलाले बच्चा जन्माए भने त्यो बच्चा र आमा दुबैले सामाजिक तिरस्कार भोग्न बाध्य हुन्छन् के त्यो सहि हो त रु पक्कै पनि यो कानूनले यस्ता कुरालाई राहत मिल्ने छ ।

मैले एक जना यहि बानेश्वरमा घर भएकी युवतीलाइृ भेटेको छु । जसले विवाह गर्ने सर्तमा विवाह पूर्व यौन सम्पर्क राखिन् । तर जब उनको पेटमा गर्भ रहयो केटाले उसँग विवाह नगर्ने निर्णय गर्यो र अष्ट्रेलिया पुग्यो । उनको पेटमा बच्चा थियो, त्यो बच्चालाई जन्म दिने इच्छा नभएरै पनि जन्मियो । उनले एकलै गएर गर्भपतन गराउन पनि सकिनन् ।

बच्चा पेटमा छ भन्ने थहाँ पाएपछि केटाले उनलाई साथ दिएन । केटा अहिले अष्ट्रेलियामा छ भने ती युवती डिप्रेसनको शिकार भएकी छन् । उनको बच्चालाई एकजनाको जिम्मामा उसको माइती पक्षले हेरचाह गर्न दिएका छन् । माइतीले पनि कसको बच्चा भनेर चिनाउने भन्ने डरले अरु कसैलाई जिम्मा दिएका हुन् ।

नत त्यो बच्चाले आमाको माया पाएको छ नत ती युवतीले खुलेर मेरो सन्तान भनेर अंगाल्न सकेकी छन् । अहिले सम्म पनि त्यो बच्चा उसको भनेर आफन्त या त्यो समाजलाई थहाँ छैन । यदि थहाँ भयो भने उनी र उनको परिवार नै चरित्रहिन सावित हुनेछन् यहि डर छ उनलाई अनी सामाजिक प्रतिष्ठामा आँच आउने डर छ परिवारलाई ।

हामीले धेरै आमाहरुले बच्चा जन्मन साथ फोहोरको थुप्रो, जंगल या कतै फालेका घटना देखेका सुनेका छौ । कति बच्चाले फालेको ठाउँमा नै ज्यान गुमाए भने कतिले कसै कसैको संरक्षण पनि पाएका छन् । यो पनि यसकै परिणाम हो । विवाह नगरि बच्चा जन्माउने आमालाई समाजले स्वीकार्दैन । उसलाई घृण गर्छ, परिवारले पनि स्वीकार्दैन ।

जीन्दगीभरी घृणित भएर बाच्न नसक्ने लाचार महिलाले मात्रै त्योे बच्चालाई जन्म दिएर फाल्न बाध्य हुन्छन् । त्यहाँ पनि गाली त केवल आमाले मात्रै पाउँछे पापी आमा नै हुन्छे तर यहाँ आमाको मात्रै होइन त्यो उसलाई गर्भवती बनाउने पुरुष र उसलाई स्वीकार्न नसक्ने हाम्रो समाजको पनि उतिकै दोष छ ।

यदि विवाह नगरि आमा हुँदा पनि सम्मानजनक जीवन बाँच्न पाउने भए धेरै बालबालिकाको ज्यान जाने थिएन, अविवाहितहरुले भ्रुण हत्या पनि कमगर्ने थिए ।

छोरीको भ्रुण हत्या गर्ने समस्या एकापटि छ भने अविवाहित आमालाई स्वीकार नगर्र्ने डरले गर्ने भ्रुण हत्या अर्को ठूलो समस्या बनेको छ । अहिले पनि हरेक ठाउँमा बाबुको नाम खोजिन्छ, स्कुलमा बच्चालाई भर्ना गर्न होस् या नागरिकता बनाउन होस् या त कुनै पनि काममा बाबुको नाम पेशा आदि कुरा चाहिन्छ ।

हुनत आमाको नामबाट नागरिकता पाउने कानून त आयो तर अझै पनि त्यसलाई व्यावहारिक रुपमा लागुगर्न सकिरहेको अवस्था छैन ।

तर विवाहनै नभएका यी महिलाहरुले यी सब कुरा कहाँ बाट दिने रु फेरि बच्चा जन्माउने आमा, पेटमा नौ महिना बोक्ने आमा, उसलाई हुर्काउने बढाउने सबै एक्लै आमाले गरिरहेको छ भने त्यो महिलालाई केवल गर्भवती बनाउने बाउलाईमात्रै यति धेरै महत्वपूर्ण स्थान दिनु कत्तिको उचित हो रु संसारका धेरै देशहरुमा विवाह पूर्व बच्चा जन्माउने अधिकार छ अर्को कुरा त्यहाँका महिलाले आफ्नो बच्चालाई मेरो बच्चा म अविवाहित हुँ भनेर खुलेर भन्न पाउने अधिकार छ र समाजले पनि सहज रुपमा लिएको छ ।

अविवाहित आमाले र उसको बच्चाले पनि सम्मान जनक रुपमा बाँच्न पाएका छन् भने यो कुरालाई हाम्रो देशमा लागु हुँदा किन बिरोध हुने रुसंबिधानको धारा ३८ मा रहेको प्रजनन् सम्बन्धि हक प्रचलनमा आउने गरी यो कानून ल्याउने तयारी भएको छ ।

यदि विवाह पूर्व महिलाले बच्चा पाउने अधिकार कानूनी रुपमा नै भए कैयौ बच्चाको ज्यान जोगिने थियो, कैयौ अविवाहित आमाहरु आत्महत्या गर्नबाट जोगिने थिए भने धेरै पिडित महिलाहरुले सन्तोषको सास फेर्ने थिए । यसलाई स्वीकार्न केहि समय लाग्ला तर यसले महिलाको हितमा भने ठूलो योगदान दिने छ ।

प्रतिकृया दिनुहोस्